शीर्ष नेताहरुको चुनावी क्षेत्र टुंगो लगाउँदै एमाओवादी

काठमाडौं, १० असोज । एकीकृत नेकपा माओवादीले संविधानसभा निर्वाचनका लागि आफ्ना मुख्य नेताको उम्मेदवारी दिने चुनावी क्षेत्र बिहीवार घोषणा गर्ने तयारी थालेको छ ।

बिहीवार बस्ने कार्यालय र उम्मेदवार छनोट सिफारिस समितिको संयुक्त बैठकले मुख्य नेताको उम्मेदवारीलाई अन्तिम रुप दिने भएको हो । अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा मध्यान्ह बैठक बस्ने अध्यक्ष प्रचण्डका प्रेस सहयोगी शिव खकुरेलले जानकारी दिनुभयो ।

मुख्य–मुख्य नेताको उम्मेदवारी क्षेत्रलाई अन्तिम रुप दिएर साँझसम्ममा सार्वजनिक गर्ने माओवादीले जनाइएको छ । माओवादीको कार्यालयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरु बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र पोष्टबहादुर बोगटी हुनुहुन्छ । बोगटी उम्मेदवार छनोट समितिका संयोजकसमेत हुनुहुन्छ ।

छनोट सिफारिस समितिले मुख्य नेताको निर्वाचन क्षेत्र टुंग्याएर अन्तिम रुप दिन कार्यालयको बैठकमा पेश गर्न लागेको एक नेताले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका

बजेटमाथि सांसदले उठाएका रचनात्मक सुझावलाई सरकारले समावेश गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना