बढी भन्दा बढी यूवालाई संविधानसभाको निर्वाचनमा टिकट दिन माग

काठमाडौ, ८ असोज । नेपाल तरुण दलले आगामि मंसिर ४ गतेको लागि घोषित संविधानसभाको निर्वाचनमा बढी भन्दा बढी यूवाहरुलाई उमेदवार बनाउन माउ पार्टी नेपाली काग्रेससँग माग गरेको छ ।
तरुण दलले मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर कुल मतदाता मध्ये ५५ प्रतिसत यूवाहरुको संख्या रहेको उल्लेख गर्दै बढी भन्दा बढी यूवालाई उमेदवार बनाउन सके नेपाली काग्रेसले आधा स्थानमा प्रत्यक्ष तर्फ जित हासिल गर्ने दावी गरियो ।
त्यसै गरी पत्रकार सम्मेलनमा लोकतान्त्रिक संविधान निर्माणको लागि नेपाली काग्रेसको नेतृत्व आवश्यक रहेकोले काग्रेसलाई विजयी बनाउन उसले आफ्नो चुनावी रणनीति समेत सार्वजनिक गरेको छ । जसमा आफ्ना ७ लाख सदस्यलाई निर्वाचनमा पुर्ण रुपमा परिचालन गर्ने छ । तरुण दलले मतदाता सुरक्षाको लागि प्रत्येक निर्वाचन क्षेत्रलाई लक्षित गरी ईलाका स्तरीय तरुण घुम्ति टोली र प्रत्येक बुथमा राख्ने गरी तरुण बुथ स्वयम सेवक टोली गठन गर्ने छ ।

पत्रकार सम्मेलनमा बोल्दै दलका अध्यक्ष उदय शमसेर राणाले यूवा मतदाताहरुले नयाँ र यूवा उमेदवारको खोजी गरिरहेको उल्लेख गर्दै यूवा नेतृत्वले अघिक से अघिक टिकट पाए नेपाली काग्रेसले ५० प्रतिसत स्थानमा विजय हात पर्ने दावी गरे ।
उनले तरुण दलका कार्यकर्ताहरुलाई अब निर्वाचन क्षेत्रमा गएर मुख होईन रुख हेरेर भोट हालौ भन्ने नाराकासाथ नेपाली काग्रेसको पक्षमा माहौल बनाउन समेत निर्देशन दिए ।
सो काग्रेसको चुनावी घोषणा पत्रमा उल्लेख गर्ने गरी यूवा परिषद र आयोग गठन, बेरोजगार भत्ताको ब्यवस्था सामाजिक सुरक्षा भत्ता २ हजार बनाउनु पर्ने, सहितका २७ बुँदे यूवा सवाल प्रस्तुत गरिएको जानकारी घोषणापत्र समितिका संयोजक नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पश्चिम पृतनामा भूपू सैनिक सम्मेलन सुरु

समाजसेवी गुरुङको पहलमा ब्लड क्यान्सर पिडीतलाई ३ लाख सहयोग

एमाले प्रमुख सचेतक गिरी निर्वाचन क्षेत्रका मतदाता भेटघाटमा ब्यस्त

एम्पायर हल सञ्चालक पर्वतको कुस्माका गिरीले लण्डनको अल्डरसटमै खोले सुसी मोटो रेष्टुरेन्ट

विवादित विधेयकप्रति एमालेको भूमिका-देशको हितविरुद्धका जुनसुकै कदमको प्रतिवाद गर्छौँ : प्रमुख सचेतक गिरी