कम्युनिष्ट पार्टी र चुनावी प्रतिस्पर्धा

मुक्ति खनाल –
श्रमिक एवं सम्पूर्ण मजदुरहरुको पार्टी कम्युनिष्ट पार्टी नै हो । अरु पार्टीहरुले मजदुरहरुको पार्टी भन्नु ढाँट कुरा हो । रुसी अक्टोवर क्रान्ति पछि विश्वमा कम्युनिष्टहरुको पक्षमा जुन लहर थियो , अहिले छैन । त्यति मात्र नभएर रुस र पूर्वी युरोपमा कम्युनिष्ट सरकार ढलेका छन् । चीनमा कम्युनिष्ट पार्टी सरकारमा भए पनि यो देश पूँजीवाद उन्मुख हुँदैगएको छ भनिन्छ । किन यी सरकार ढले र पूँजीवाद उन्मुख भए यसको निक्र्योल गरेर मात्रै विश्व कम्युनिष्ट आन्दोलनले गति लिन सक्छ ।
अहिलेको वर्तमान विश्वमा जनतामा झ्याङ्गिएको कम्युनिष्ट पार्टी भनेको नेपालका कम्युनिष्ट पार्टी हुन् । यिनमा देशको सबैभन्दा ठूलो पार्टीको नाताले विशेषतः एकीकृत माओवादी पार्टी नै जनतामा सर्वाधिक लोकप्रिय पार्टी हो भन्न सकिन्छ । अहिले सम्म नेपाली कम्युनिष्टहरुमा विश्वमा कम्युनिष्ट सरकारको पतन हुनुमा कम्युनिष्टहरु जनतामा नजाने र कम्युनिष्टहरुको एकमना सरकार हुने गर्नाले हो र त्यसबाट जोगिन जनतामा गएर आफुलाई ठिक सावित गरिरहनुपर्छ भन्ने कुरामा एकमत देखिन्छ ।

जनतामा जाने कुरा भट्याउँदै संसदीय चुनावमा वहुदलीय जनवादको हतियार लिएर हामफालेको नेकपा एमाले पूँजीवादी पार्टीमा पतन भएको छ । यो पार्टीले नेपाली अन्य कम्युनिष्टहरु भन्दा नेपाली काँग्रेसलाई नजिकको मित्र ठान्नु यसको प्रमाण हो । अहिले उमेदवार छनोटको प्रसंगमा कार्यकर्ताका बीच चुनाव गराउँदा विभिन्न ठाउँमा लामो समय पार्टीमा काम गरेकाहरुलाई लामो समय कमाउ धन्दामा लागेकाहरुले उछिनेको देखियो । यसबाट पार्टीमा काम गर्ने सो पार्टीका कार्यकर्ता त निराश भएका छन् र अब नयाँ ढङले सोच्न विवश बनाइएका छन््् नै साथमा यो पार्टी चुनावी खेलबाट थप पूँजीवादी पार्टीमा पतन भएको प्रमाण भेटिन्छ ।

चुनावी प्रतिस्पर्धामा आएको एकीकृत माओवादीमा गएको संविधानसभा पछि यसमा पनि पूँजीवादी विकृतिहरु देखापर्न थालेको विषयलाई नकार्न सकिन्न । पार्टी फुटनुलाई वैद्य टोलिले क्रान्तिकारी जलप लगाउन जमर्को गरे पनि यो उनीहरुमा देखापरेको पूँजीवादी अधैर्यता नै प्रमुख कारण हो भन्ने विषय विस्तारै उनीहरुको क्रान्तिकारिताको मकुण्डो उधारिदै जाँदा स्पष्ट हुँदै जाँदै छ ।
अहिले भर्खरै एकीकृत माओवादीले २४० निर्वाचन क्षेत्रमा केन्द्रीय सदस्यहरु पठाएर जो रिपोर्ट लिएको छ , आफ्नो क्षेत्र नभएको कारण सो प्रतिवेदन तुलनात्मक रुपमा निष्पक्ष छ । यद्यपि यसमा पनि केही गुटगत मानसिकताका कारण पक्षपातपूर्ण व्यवहार भएको विषयलाई भने नकार्न सकिन्न । पछिल्लो पटक जिल्लालाई सिफारिस गर्न जो दिइयो त्यसमा स्थानीयता, गुटगत मानसिकता र आत्मकेन्द्रित व्यक्तिवाद वढि हावि भएको छ । जति माथि गयो सिफारिसमा सो कमजोरी तुलनात्मकरुपमा कम भएको देखिन्छ । अब केन्द्रले ती सिफारिसलाई मात्रै आधार नबनाएर अलि स्वतन्त्र ढङले सोचेन भने विकृति वढि झ्यांगिन सक्छ । विकृति कम गर्न केन्द्रीय हस्तक्षेपको खाँचो देखापर्छ ।

यसो हुनुमा संसदीय फाँटमा जानेले विगतमा लिएको सुविधा देखेर कार्यकर्तामा लोभ पलाएको छ । हिजो पार्टीको लागि मरिमेटने जो परिपाटी थियो यसमा केही खिया लागेको छ । अब यहाँ पनि चुनाव जित्न पैसाको ओइरो चाहिने देखेर पार्टीमा खटनेहरुमा केही निराशा छाउन थालेको पाइएको छ भने यस्तै हुँदै गयो भने यो पार्टी पनि एमालेकरण भएर जाने खतरा छ ।
यसैले कम्युनिष्ट पार्टी चुनावमा जाँदा होसियारी पूर्वक जानुपर्ने देखिन्छ । यो भनेको चुनाव व्यक्ति भन्दा पार्टीले लडने पद्धतिको विकास गर्नुपर्छ , यसले पार्टीका इमान्दार कार्यकर्तामा निराशा पलाउँदैन । संसदीय फाँटमा जानेको कमाइ पार्टीकरण गर्ने र व्यक्तिलाई आवश्यक खर्च पार्टीले दिने गर्नुपर्छ । संसदीय फाँटमा भन्दा पार्टीमा काम गर्नु वेस भन्ने वातावरणको सिर्जना गर्न सकियो भने अहिलेको संसदीय फाँटमा जाने छिनाझपटि घटेर जानेछ । यदि यस तर्फ वेलैमा सोचिएन भने पछि चाहेर पनि गर्न सकिन्न । निर्वाचनमा कम्युनिष्ट पार्टीले अलि फरक मान्यता, अलि फरक पद्धति अपनाएर नजाने हो भने संसदीय आहालमा डुब्ने र उम्कन नसक्ने स्थिति पैदा हुँदोरहेछ । एमालेको पतनबाट एमाओवादीले यो पाठ सिक्न सक्नुपर्छ ।
अहिले एकीकृत माओवादीमा पार्टी प्रवेशको लहर चलेको छ । चुनावमा जाने पार्टीमा यो आवश्यक पनि छ । तर कम्युनिष्ट आन्दोलनबाट आएका वाहेकलाई कम्युनिष्ट दिक्षा नदिइकन नेतृत्वमा पु¥याइयो भने त्यसले समस्या उत्पन्न गर्न सक्छ । चुनाव जित्नु पनि पर्ने संसदीय भासमा जानबाट रोक्न पनि पर्ने यो अवस्थाबाट एकीकृत माओवादी चलिरहेछ । यसलाई कसरी संयोजन गर्ने हो नेतृत्वका अगाडि चुनौती खडा छ ।

हेटौंडा महाधिवेशनले नयाँ कार्यदिशा तय गरेको छ । त्यो भनेको पनि निर्वाचनमा श्रेष्ठता हासिल गर्दै सरकारमा वसेर माथिबाट र तल जनताका बीचबाट दवाव सिर्जना गर्दै आर्थिक समृद्धिका साथ जनवादी क्रान्तिका बाँकि कार्यभार पूरागर्दै समाजवादमा संक्रमण गर्ने भन्ने हो । हामी जनताको व्यापक समर्थनको केन्द्रभागमा रहेको पार्टी भएकाले शान्तिपूर्ण चुनावीबाटोबाट पनि समाजवादमा जान सकिन्छ भनेर प्रयत्न गरिरहेछौं । यस्तो परिस्थिति विश्वमा कहीं कतै आएको थिएन, जो हाम्रोमा आएको छ । ठ्याक्कै हामीले जस्तो नगरे पनि पूँजीवादी चुनावी बाटो हिंडदा पूँजीवादी पार्टीमा पतन भएको एमालेबाट प्राप्त शिक्षा हाम्रो अगाडि छ । यो अनुभवबाट सिक्दै चुनावको उपयोग र संसदीय गर्तमा जान रोक्ने बाटो अवलम्बन गर्न हामीले सक्नुपर्छ । अहिले हतार त भइसकेको छ , तर पनि उमेदवार छनोटको सन्दर्भमा संसदीय फाँटमा जानेहरुका लागिको आचार संहिता ल्याउने र त्यसको कडाइपूर्वक पालनाको ग्यारेन्टी गर्ने आशयको नीति अगाडि ल्याइयो भने पार्टीमा रहेको संसदीय पदको आकर्षणमा केही कमी आउने र यसबाट उत्पन्न समस्यालाई कम गर्न सकिने हुन्छ ।
विश्व कम्युनिष्ट आन्दोलनमा हामी नितान्त नौलो बाटो कोर्दैछौं । पूँजीवाद सँग हाक्काहाक्की लाप्पा खेल्दैछौं । नयाँ ढङले पूँजीवादलाई परास्त गर्ने कोशिस गर्दै पनि छौं । हाम्रा सामू भित्री र वाहिरि चुनौती उत्ति छन् । हाम्रो वढोत्तरी साम्राज्यवाद र देशीय पूँजीवादलाई असह्य भएको छ । यो हाम्रो प्रयत्नमा आउने वाधा व्यवधानलाई समयमा ठम्याएर अगाडि नवढने हो भने हामी सिद्धिन पनि सक्छौं ।

हाम्रो अहिलेको तात्कालिक कार्यनीति चुनाव, त्यस अगाडि चुनावी प्रतिनिधि पात्र उमेदवार छनोटको समय छ । यो वेला सबैलाई एकनासले चित्त बुझाउन त सकिन्न तर आउने असन्तोषमा कमी गर्न सकिन्छ । यो भनेको तत्काल पार्टीबाट चयन हुनेको लागि आचार संहिता प्रकाशन गर्न सकियो भने यसले उमेदवारमा सचेतना पैदागर्नेछ भने अरुमा असन्तोष कम गर्ने छ । तत्काल यसले कार्यकर्ता परिचालनमा सहयोग पुग्नेछ भने दीर्घकालमा यो पार्टीलाई संसदीय भासमा जानबाट रोक्न सहायक हुनेछ ।

विश्वमा कहीं नभएको हाम्रो देशमा देखापरेको जनताका बीचबाट छानिएर श्रेष्ठता हासिल गर्दै समाजवादमा प्रवेश गर्ने सम्भावनालाई पूरै शक्ति लगाएर लागुगर्नुपर्छ । यो नगर्नु र यसमा आउन आनाकानी गर्नु वा अन्य वहाना गर्नु क्रान्तिप्रतिकै धोका हुन जान्छ । वैद्यहरुले यस्तै गरे , समयमै सप्रिन्छन् कि अझै आस हराइ सकेको छैन । उनीहरु जे गरुन् एमाओवादी कार्यकर्तालाई यसबाट भाग्ने वा वहानाबाजी गर्ने छुट छैन, छुट दिन सकिदैन । यसको सफलताले हामीलाई विजयमा पु¥याउनेछ भने हाम्रो अनुभव विश्व कम्युनिष्ट आन्दोलनका लागि पनि शिक्षा हुनेछ । यस्तो अपूर्व सम्भावनाको नितान्त नौलो बाटो हिंडिरहेको वेला यसका सम्भावित चुनौतीलाई पनि समयमै ख्याल राख्न सक्नैपर्छ । नेतृत्व, नीति सम्भावना सबै हामीमा छन् । हाम्रो यस्तो अवस्था देखेर देशीय पूँजीवाद र साम्राज्यवाद हैरान छ । चुनावी प्रतिस्पर्धाको कार्यनीति लिएर अगाडि वढिरहेको वेला यसको पहिलो कडीको रुपमा आएको उमेदवार छनोट प्रकरणदेखि नै सतर्कतासाथ अगाडि वढन सक्दा अवश्य सफलता हात लाग्नेछ ।
२०७० । ०५ । ३१
कलंकी

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

स्थानीय विकासमा संघ र प्रदेशको हस्तक्षेप आरोप

दुई शिशुसहित आमाको शव पोखरीमा फेला, बाबु बेपत्ता

चारवटा प्रदेशमा ठूलो वर्षाको सम्भावना

निषेधाज्ञामा पर्वतका बिद्यालयमा पठनपाठन -सदरमुकाममा अनलाइनबाट शैक्षिक सत्र सुरु, गाउँका विद्यालयमा अन्योल

खोप लगाइसकेपछि पनि यी ५ लक्षण देखिए कोरोना संक्रमण हुनसक्छ, यी हुन् बच्ने विधि