पैसा बुझाएर घर जान नपाउँदा ज्यानै गयो

क्वालालम्पुर । मलेसियामा अवैधानिकरुपमा कार्यरत रहेको र हाल मलेसिया सरकारले अवैधानिकलाई व्यापकरुपमा पक्राउ गर्न थालेपछि दलालमार्फत् घर जाने कोशिषमा रहेका एक जना नेपालीले आत्महत्या गर्न खोजेको थाहा पाई यहाँस्थित प्रहरी, बोम्बाले बचाउन खोज्दा उनको एक पसलको छलबाट खसेर ज्यान गएको छ । सस्तोमा अर्थात् आरएम ५०० जरिवाना बुझाएर घर जान पाइन्छ भन्ने सुनेर दलालमार्फत् यही मंगलबार नेपाली दूताबासमा आएका घाच्चोक, पोखरा निवासी ३० वर्षीय पदम सुनार दूताबासबाट अहिले कुनै पनि अवैधानिकहरुलाई घर पठाउन नसकेको जानकारी पाएपछि मानसिकरुपमा विक्षिप्त भएको बुझिएको छ । सोपश्चात् उनले बुधबार नजिकै रहेको तीन तले घरमा गई आत्महत्या गर्न खोज्दा सर्वसाधारणले देखी प्रहरी, बोम्बा बोलाई उद्धारको प्रयास भएको थियो । तर सो अवसरमा भाग्न खोज्ने क्रममा घरको छतमा चिप्लिएर उनी सिधै तल भुईंमा बजारिएका थिए । त्यहाँ सामान्य उपचारपश्चात् हस्पिटल लगिएको उनलाई हस्पिटल पुग्नासाथ डाक्टरले मृत घोषित गरेको थिए । हाल उनको शवलाई पोष्टमार्टमको लागि हस्पिटलमै राखिएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

बजेट अभावमा पर्वतका दुई दर्जन बढि खानेपानीका आयोजना अलपत्र

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका