माओवादीको बन्द अबज्ञा÷माओवादीद्धारा बसमा आगजनी

बैद्य माओवादीले गरेको बन्दको दोलखा र काभ्रेका स्थानीयले प्रतिकार गरेका छन् । बन्दले दैनिक कामकाजमा नै असर गरेको भन्दै दोलखा सदरमुकाम चरिकोटका स्थानिय व्यापारीले बन्दको अबज्ञा गर्दै बजार, पसल खोलेका हुन् ।

पसल खोलेका व्यापारी र बन्दकर्ताबिच दोहोरो झडप समेत भएको थियो । दुई पक्षबीच तनाव भएपछि प्रहरीले माओवादी जिल्ला सेक्रेटरी प्रेम दर्नालसहित पाँचजनालाई नियन्त्रणमा लिएको छ ।

यस्तै काभ्रेको धुलिखेलमा पनि स्थानियले बन्दको अबज्ञा गरेका छन् । बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताले धुलिखेलमा यात्रुबाहक बसमा आगजनी गरेका छन् । काठमाडौबाट मेलम्चीका लागि छुटेको बा २ ख ५६ ७२ नम्बरको यात्रुबाहक बसमा आगजनी गरेका हुन् । बसमा लागेको आगो नियन्त्रण गर्न प्रहरी परिचालन गरिएको छ ।

काभ्रेको बनेपामा बनेपामा बिहान पनि स्थानीयबासी र बन्दकर्ताबीच झडप भएको छ । स्थानीय टेलिभिजनमा कार्यरत देवराम केसीमाथि बन्दकर्ताले आक्रमण गरेका छन् । केसीको आँखामा चोट लागेको छ । बन्दकर्ताहरुले केसी चढेको मोटरसाइकल पनि तोडफोड गरेका छन् ।

यथास्थितिमा मंसिर ४ को निर्वाचन बहिष्कार र गोलमेच सम्मेलनको माग गर्दै नेकपा–माओवादी नेतृत्वको मोर्चाले पूर्वघोषित आन्दोलनका कार्यक्रम अनुसार आज ताम्सालिङ राज्यसमिति अन्तरगतका जिल्ला बन्द आह्वान गरेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

जलजला गाउँपालिकाको सहयोगमा पर्वत अस्पतालमा बिरामीलाई निःशुल्क ‘सेनीटरी प्याड’

पर्वतका नयाँ प्रजिअ आचार्य र सहायक प्रजिअ पौडेललाई वाणिज्य संघको स्वागत

देशका यी भू-भागमा आज पनि वर्षा र हिमपातको सम्भावना

कांग्रेसभित्र मन्त्री छनोटको विवाद सतहमा, देउवा एक्लै चल्न खोज्दा भागबण्डाले पूर्णता पाएन

निर्माण सामाग्री अभावमा मालढुंगा-बेनी सडकको काम रोकियो