एन आर एन जापानको अध्यक्षमा पारसमणि पोखरेल भारी मतले निर्वाचित

 

सन्देश पोखरेल , जापान- भाद्र २१ –

गैरआवासीय नेपाली संघ (एनआरएन) जापानको छैटौं अधिवेशनले पारसमणि पोखरेललाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । पोख्रेल चिरञ्जीवी थापालाई भारी मतले पराजित गर्दै निर्वाचित भएका हुन । निर्वाचनमा प्रतिद्धन्दी थापाको १ सय २६ मतको विरुद्ध पोख्रेलले ३ सय ३४ मत प्राप्त गरेका थिए । सधै राजधानी टोक्योमा रहेका एनआरएनले नेतृत्व गर्ने गरेकोमा यस पटक पोख्रेलले सो परम्परालाई तोड्दै बाहिर नेतृत्व लगेका छन ।

सन २००४ मा रोटरी फाउन्डेसन अन्तर्गतको छात्रवृति रोटरी अम्बासोडोरियल प्राप्त गरि टोक्योमा स्थित इन्टरनेसनल क्रिश्चियन यूनिर्भसिटीमा अध्ययनको शिलशिलामा जापान आएका पोखरेल हाल जापानको नागोयामा ब्यबसाय गरेर बसेका छन् । एन आर एन को स्थापना काल देखिनै यो अभियानमा लागेका पोखरेल एन आर एन जापान तोकाई होकुरिकु क्षेत्रीय समितिका सस्थापक संयोजक हुदै केन्द्रीय सल्लाहकार समेत रहिसकेका छन् ।

यसको अलावा रोटरी इन्टरनेसनलमा सक्रीय रहेका पारस १ जुलाई २०१३ बाट नागोया मिराइ रोटरी क्लब जापानबाट फेलोसिप कमिटिका चेयरम्यान समेत भएका थिए । अधिवेशनले उपाध्यक्षमा सुदन थापा , तुलसीराम खरेल र नरबहादुर थापा महासचिबमा हिरोसिमाका मुक्तिराम खनाल बिनोद निर्वाचित भएका छन् भने सचिबमा निगाता बाट उदयराज कंडेल ,कोषाध्यक्षमा टोक्योका तेज प्रसाद अर्याल निर्वाचित भएका छन् । कार्यसमिति सदस्यमा– दिपकबाबु नेपाल , दिपक थापा ,शिवलाल गिरी ,दीपक केसी र अर्जुन अधिकारी निर्वाचित भएका छन् ।

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा