गाडीको भन्सार महशुल आधा घट्दै

सरकारले चालु आर्थिक वर्षको मध्यसम्ममा सवारीसाधनमा लगाउँदै आएको भन्सार महसुल आधा कटौती गर्नुपर्ने भएको छ । विश्व व्यापार संगठन ९डब्लुटीओ० को सदस्यताका क्रममा गरिएको प्रतिबद्धता अनुसार महसुल ४० प्रतिशतमा झार्नुपर्ने आजको कान्तिपुरमा खबर छ ।

अहिले सवारीसाधनमा ८० प्रतिशत भन्सार महसुल लाग्छ । अर्थ मन्त्रालय स्रोतका अनुसार सन् २०१३ भित्र महसुल घटाउनुपर्ने प्रतिवद्धता हो । ‘८० पछिको अर्को दरबन्दी ४० भएकाले सिधै त्यसैमा ल्याउनुपर्छ,’ स्रोतले भन्यो ।
अर्थ मन्त्रालयले तयार पारेको राजस्वसम्बन्धी एक प्रतिवेदनअनुसार यसरी भन्सार दरबन्दी घटाउँदा १ अर्ब रुपैयाँ राजस्व गुम्नेछ । पेट्रोलियम पदार्थपछि, सबैभन्दा धेरै भन्सार राजस्व सवारीसाधनबाट उठ्छ ।
यसरी राजस्वमा धक्का पुग्ने भएपछि सरकार भन्सार महसुल हटाए पनि अन्य शुल्कबाट त्यसको क्षतिपूर्ति गर्ने तयारीमा जुटेको छ । डब्लुटिओको प्रतिवद्धता पुरा गर्दा पर्ने घाटा पूरा गर्न संसार भरिनै त्यति नै बराबरको अन्तःशुल्क लगाउने प्रचलन छ । अन्तःशुल्क बढाउने तयारी भइरहेको अर्थ स्रोतले बतायो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

बजेट अभावमा पर्वतका दुई दर्जन बढि खानेपानीका आयोजना अलपत्र

प्रअलाई चाबी बुझाएर धर्नामा बसे आन्दोलनरत विद्यालय कर्मचारी

बाबुआमाको स्मृतिमा अस्पतालको विपद् कोषमा सहयोग

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

नागरिकका सुझाव संकलन गरेर मात्रै नीति तथा कार्यक्रम बनाउँदै पर्वतको मोदी गाउँपालिका