जेलमा लागूऔषध कारोबारीको सञ्जाल

राजधानीका तीन ठूला कारागारमा रहेका कैदीलाई प्रयोग गरी औषधिजन्य लागूऔषधको कारोबार गर्दै आएका प्रमुख व्यापारी पक्राउ परेका छन् । यो सँगै देशका विभिन्न जेलबाट लागूऔषधको कारोबार हुने गरेको रहस्य खुलेको आजो राजधानी र नयाँ पत्रिका दैनिकमा खबर छ ।  लागूऔषध मुद्दामा जेल परेका कैदीले सञ्जाल नै बनाएर भित्रबाटै भारतदेखि विभिन्न सहरमा लागूऔषधको कारोबार र ओसारपसार गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

पछिल्लो समय लागूऔषध नियन्त्रण ब्युरोको विशेष टोलीले लामो समयदेखि लागूऔषधको कारोबार गर्दै आएका पर्सा निवासी वीरेन्द्रकुमार क्षत्रीलाई काठमाडौको सुन्धाराबाट पक्राउ गरेको हो । क्षत्रीले विगत १२ वर्षदेखि रूपेश, शेखर, राजु, राजा, निर्मलजस्ता नाम फेर्दै लागूऔषधको व्यापार सञ्चालन गर्दै आएका थिए । प्रहरीले उनीसहित उनका दाजु धीरेन्द्रकुमार क्षत्री र दाङ निवासी नारायण श्रेष्ठलाई समेत पक्राउ गरेको छ ।

प्रहरीले उनीहरूको साथबाट ठूलो परिमाणको औषधिजन्य लागूऔषध बरामद गरेको छ । ब्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रताप थापाका अनुसार अभियुक्त वीरेन्द्र २०५८ सालदेखि नै लागूऔषध कारोबारमा संलग्न थिए । उनी ३२ साउन २०६२ मा मकवानपुरबाट लागूऔषधसहित पक्राउ परी दुई वर्ष जेल सजाय भुक्तान गरेका थिए । सोही अभियोगमा उनले १ लाख जरिवाना पनि तिरेका थिए । जेलबाट छुटेपछि वीरगन्ज र विराटनगरलाई केन्द्रबिन्दु बनाई लागूऔषधको कारोबार गर्दै आएको ब्युरोका डीआईजी प्रताप थापाले बताए ।

डीआईजी थापाका अनुसार क्षत्रीले केन्द्रीय कारागार, नक्खु कारागार र डिल्लीबजार सदरखोरमा बस्दा लागूऔषधमै सजाय भोगिरहेकाको अभियुक्तसँग सम्पर्क भएको र बाहिर आएपछि सोही आधारमा ग्राहकहरूसँग सम्पर्क गरी ब्रुप्रोनर्फिन र डाइजोपामजस्ता औषधिजन्य लागूऔषधको कारोबार अघि बढाएका थिए । विगत सात–आठ वर्षमा उनले करोडौं रुपैयाँ बराबरको लागूऔषध कारोबार गरेको तथ्य खुलेको डीआईजी थापाको भनाइ छ ।

अभियुक्त क्षत्रीले आपू्कसहित श्रीमती र नातेदारको नाममा विभिन्न बैंकमा खाता खोली बैंकमार्फत नै पैसाको कारोबार गर्ने गरेको पाइएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’