त्रिशूली ३ ए निर्माण अनिश्चित

माथिल्लो त्रिशूली ३ ए जलविद्युत आयोजना निर्माण अनिश्चित बनेको छ। ठेक्का सम्झौतादेखि नै क्षमता बढाउने/नबढाउने विवादमा रहेको आयोजनाको निर्माणस्थल अहिले ठप्प छ। ६० मेगावटको आयोजनाको क्षमता बढाउने निर्णय फिर्ता लिएको ३ महिना पुग्नलाग्दा समेत काम सुरु हुन नसकेको आजको नयाँ पत्रिकामा खबर छ।

आयोजनाको क्षमता बढाउनुपर्ने, सेयर दिनुपर्नेलगायत माग राखी स्थानीयले ठेकेदार कम्पनी चाइना गेजुवा ग्रुप कर्पोरेशनको कार्यालयमा तोडफोड गरेपछि कोम रोकीएको थियो। स्थानीयले सहमति भएपनि ठेकेदारले कामदार फिर्ता पठाइसकेकाले काम सुरू हुन सकेको छैन।ठेक्का सम्झौता अनुसारआयोजनाको काम जेठ २०७१ सालसममा सक्नुपर्ने भएपनि अहिलेसम्म करिब ३५ प्रतिशत मात्रै निर्माण सम्पन्न भएको छ।

आयोजनाको निर्माण कहिले हुन्छ, त्यसको कुनै टुङगो छैन।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा