अष्ट्रेलियामा नेपाली परिकार बेचेर गाउँमा कम्प्युटर शिक्षा

ब्रिसबेन,१२ डिसेम्बर । व्रिसवेनमा भएको होम फेष्टीभलमा नेपाली खानाका परिकारहरु विक्री गरेर उठेको पैसाले लमजुङमा कम्प्युटर कक्षा संचालन हुने भएको छ ।

साउथ ब्रिसवेनमा बस्दै आएका पूर्ण परियारले अष्ट्रेलियन साथीहरुसँग मिलेर उक्त फेष्टीभलमा नेपाली खानाका परिकारहरु विक्रि गरेका थिए । परियारले भने- ‘फेष्टीभलमा मःम, आलुको तरकारी, भात, मासु विक्रीबाट उठेको पैसाले लमजुङ्को श्री जन जागृति माध्यमिक विद्यालयको कम्प्युटर कक्षाका लागि शिक्षकाको एक वर्षको तलब पुग्ने भएको छ ।’

विद्यालयका लागि मध्य मस्याङ्दी जलविद्युत आयोजनाले कम्प्युटर र ल्याव बनाईदिए पनि शिक्षकलाई तलव दिने पैसा नहुँदा कम्प्युटर विषयको पढाई हुन सकेको थिएन । साउथ ब्रिसवेनको रोटरी क्लव र लमजुङ् रोटरी क्लवको सहकार्यमा उक्त कर्यक्रम सम्भव भएको परियारले एयु नेपाललाई बताए । पहिलो चरणमा दुई लाख ३८ हजार रुपैयाँ नेपाल पठाई सकिएको छ । नेपालमा पर्यटक पथ प्रदर्शक भएर काम गर्ने परियार तीन वर्षअघि अष्ट्रेलिया अएका थिए । आफ्नो जन्मथलोको मायाले प्रत्येक वर्ष उनले गाउँको लागि सानो सहयोग गरिरहेका छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा