अस्ट्रेलियामा पर्वतारोही र फुटबल खेलाडिलाई सम्मान

सिड्नी, अगष्ट १४ । अस्ट्रेलियाको भ्रमणमा आएका नेपाली राष्ट्रिय फूटबल टिमका पूर्वप्रशिक्षक श्याम थापा र पर्वतारोही शुस्मिता मास्केलाई सिड्नीमा सम्मन गरिएको छ । नेपाली महाबाणिज्यदुतको कार्यालय नर्थ सिड्नीमा आयोजित कार्यक्रममा थापाले भारतको राष्ट्रिय टिममा बसेर खेल्दाको अनुभव सुनाएका थिए ।

साथै उनले नेपाली फूटबल खेलको विकास प्रति सन्तोश ब्यक्त गर्दै अझै राम्रो नतिजा ल्याउन खेलकुदमा लगानि गर्नुपर्ने बताएका थिए । यस्तै पर्वतारोही शुस्मिता मास्केले हिमाल चड्दाको चुनौति र साहशको बारेमा बोलेकि थिइन ।

न्यु साउथ वेल्स महाबाणिज्यदुतको कार्यालय, एन आर एन अस्ट्रेलिया, गुठी अस्ट्रेलिया, गोर्खा नेप्लिज कम्युनिटी र नेपलिज अस्ट्रेलियन एसोसिएसनको संयुक्त आयोजनामा यो कार्यक्रम भएको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

निर्वाचन परिणाम धमाधम-एमाले अघिअघि कांग्रेस पछिपछि

कुश्मा नगरपालिका मतगणना अपडेट

२५ वडाको मतपरिणाम सार्वजनिक, १८ वडाअध्यक्ष एमालेका, ७ वडाअध्यक्ष कांग्रेसका विजयी

२८ बर्षिय निर्भिक एमालेबाट पैयु ५ को बडाअध्यक्ष बने

म्याग्दीको मालिकाको अध्यक्षमा एमालेका बेगप्रसाद गर्बुजा विजयी