सुवेदीद्धारा एनआरएन महासचिवमा उम्मेद्धवारी घोषणा

सिड्नी, २५ अगष्ट,  गैर आवासिय नेपाली संघको अन्तराष्ट्रिय संयोजन समितिको आगामि कार्यकालको लागि अस्ट्रेलियाबाट धु्रव सुवेदीले महासचिव पदमा उम्मेद्धवारी दिएका छन् । शनिवार सिड्नीमा नेपाली समुदायका प्रतिनिधिहरु माझ सुवेदीले उम्मेदवारी घोषणा गरेका हुन् । उक्त कार्यक्रममा बोल्दै सुवेदीले एनआरएनको संस्थागत रुपान्तरण, सामुहिक लगानि, कल्याणकारी कार्यक्रमहरु र साना तथा मझौला परियोजनालाई आफूले प्राथमिकता दिने बताए । साथै आफू निर्वाचित भए एन आर एनलाई साझा मञ्चको रुपमा रुपान्तरण गर्न संस्थाको दर्ता प्रक्रिया, उपयुक्त संचार विधि र निर्णय प्रक्रियालाई सहज बनाउादै संस्था संचालन गर्ने बीचार राखेका थिए ।

कार्यक्रममा अस्ट्रेलियामा रहेका नेपाली समुदायका प्रतिनिधिहरुले सुवेदीको उम्मेद्धवारीलाई समर्थन गर्दै शुभकामना दिएका थिए । सुवेदीले स्थापनाकालदेखिनै एन आर एन अस्ट्रेलियामा बसेर काम गरेका थिए । उनी सन् २००७ देखि २००९ सम्म एनअरएन अस्ट्रेलियाको सचिव, २००९ देखि २०११ सम्म अध्यक्ष र २०११ देखि २०१३ सम्म अन्तराष्ट्रिय संयोजन समितिको युवा संयोजक भएर काम गरेका छन् ।

यसअघि अस्ट्रेलियाबाट शेष घलेले गैर आवासिय नेपाली संघको राष्ट्रिय संयोजन समितिको अध्यक्ष पदमा उम्मेद्धवारी घोषणा गरिसकेका छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

नेष्डो समृद्ध लघुवित्तले ७३ प्रतिशत लाभांश दिने

चैते दसैँमा गण्डकी प्रदेशले बिदा दिने

समयभित्रै मन्त्रीहरुलाई बैठकमा अनिवार्य उपस्थित भइसक्न राष्ट्रियसभाद्वारा सरकारलाई रुलिङ

पर्वत सेवा समाज कतारको अध्यक्षमा शर्मा

मिलन ओपन स्काउट कृयू दल समितिको दिक्षान्त समारोहमा समाजसेवी गुरुङ