तीज बिशेष कार्यक्रममा रेखा थापालाई सम्मान

काठमाण्डौ, भदौ १२- 

नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा बुधवार एक कार्यक्रम सम्पन्न भएको छ। ठूलोपर्दा डटकम, इसांग्रिला डटकम, मेरोजिल्ला डटकम तथा प्रगतिशिल मञ्च नेपालको संयुक्त आयोजनामा भएको सो कार्यक्रममा नायिका रेखा थापा लगाएतका व्यक्तित्वहरुलाई सम्मान प्रदान गरिएको छ। समाजसेवी शकिला पाठक लगाएतका व्यक्तित्वलाई सम्मान गरिएको थियो।

काठमाण्डौको चाबहिलस्थित बोष्टर मिडियाको हलमा आयोजित सो कार्यक्रममा उल्लेख्य रुपमा महिला तथा पुरुष व्यक्तित्वहरुको उपस्थिती थियो। कार्यक्रममा चलचित्र ‘प्राण भन्दा प्यारो’बाट नेपाली रजतपटमा उदाएकी नव-नायिका अनामिका चौलागाईँको समेत बिशेष उपस्थिती थियो। सम्मान कार्यक्रम पश्चात दर खाने कार्यक्रम तथा नाचगान कार्यक्रम पनि आयोजना गरिएको थियो।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

मुस्लिम समुदायका बालबालिकालाई विद्यालयमा टिकाउनै गाह्रो

जलजलाको बगरफाँट जोड्न कालीगण्डकीमा शुरु भयो बेली ब्रिज निर्माण

पूर्णेश्वरका भूपू विद्यार्थीले विद्यार्थी र शिक्षकको रक्त समूह पहिचान गर्दै

पर्वतका चारवटा मोटरेबलपुल, निर्माणको काम सुरु नहुँदै अनिश्चित

स्वास्थ्य बिमामा बेथिति : उपचारभन्दा सास्ती बढी