हनुमानढोका बिकाशका लागि

नेपालको इतिहास र पहिचानको साक्षीका रुपमा परिचित अनि विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका–वसन्तपुर दरवार क्षेत्रको महत्व बुझ्न र जानकारी राख्न आउने पर्यटकले अव्यवस्थित व्यवस्थापनका कारण सास्ती व्यहोर्दै आएका छन् । विशेषगरी पर्यटकहरु हनुमानढोका भित्रिने मुख्यद्वार विष्णुमती पूल आसपासको क्षेत्रको दुर्गन्ध र अव्यवस्थित वातावरणका कारण दैनिकजसो चार पाँचसयको हाराहरीमा हनुमानढोका दरवारक्षेत्र भित्रिने पर्यटकले धूलो, धूवा र ध्वनी प्रदुषणको शिकार बन्नुपरेको छ । नेपालको मुटु भनेर चिनिने उपत्यकाको मुख्य धरोहरका रुपमा रहेको ऐतिहासको सुक्ष्म अध्ययन गर्ने अभिलाषाले कुत्कुत्याएर हनुमानढोका प्रवेश गर्न हत्तारिएका कतिपय पर्यटक विष्णुमती खोला छेउको दुगन्धको शिकार मात्र बनेका छैनन्, नेपालको उनीहरुले बुझेभन्दा फरक ढंगले दुर्गन्धीत दृश्य मानसपटलमा सदाका लागि नभेटिने विम्व सहित फर्कन वाध्य वन्नुपरेको प्रतिक्रिया समेत दिने गरेको छन् । नेपाली भन्ने वित्तिकै बहादुर हुन्छन् भन्ने बुझाइलाई नजिकबाट नियाल्न र तिनै बहादुरले निमार्ण गरेको कलाकृति र सम्पदाको गहकिलो अध्ययन गर्न नेपाल भित्रिएका र विशेषगरी हनुमानढोकाको पुरातात्विक महत्वका संम्पदाको विशिष्टीकरणको विषयमा गहकिलो अध्ययन र दृश्यावलोकनका लागि आतुर पर्यटकहरु सो क्षेत्रमा पुग्न नपाउदै फर्कन हतारिने गरेको हालसालै गरिएको एक सर्वेक्षणले प्रष्ट्याएको छ ।

हनुमानढोका वसन्तपुर दरवारको भ्रमणका लागि आउने अधिकांश पर्यटक विष्णुमती खोला छेउको ह्यूमत् मार्गमा ओरालिन्छन् । त्यहाँबाट परोपकार हुदै हनुमानढोका पुयाइन्छ । तर जहाँ, सवारी साधनबाट पर्यटक ओर्लिन्छन्, त्यहाँ दुर्गन्धको व्याख्या गरिसाध्य छैन । खुलमखुल्ला दिशा पिसाब गर्ने देखि लिएर सँुगुर काट्ने अड्डा समेत छ त्यहाँ । पर्यटकले राम्रो भन्दा पनि नराम्रै नराम्रो देख्न पाउँछन । उनीहरुले खुला रुपमा दिशा र पिसाब गरेको तस्बीर कैद गर्नुलाई नै रमाइलो ठानिरहेका हुन्छन र वढी त्यतै झुम्मीरहेका हुन्छन् । अझ कतिपयले त नेपाली र त्यसप्रकारको व्यवहारको खिसीटिउरी नै गर्ने गरेका छन् । शौचालयको प्रबन्ध त्यस क्षेत्रमा छैन । अर्का तिर साँघुरो वाटो छ, त्यसले पनि पर्यटकलाई नेपालको नराम्रो संस्कार र अविकशित भएको भान गराएको छ । विष्णुमती पछि न्यूरोडगेटको वाटो हुदै पर्यटक हनुमानढोका भित्रिनी गरेका छन् । त्यस क्षेत्रमा पार्किङ्ग अभावका कारण र वढी भीडभाड हुने गरेका कारण पर्यटकले वढ्ता असजिलो महशुश गर्ने गरेको छन् । अर्का तिर नजिकैको होटलमा बसेका पर्यटकहरु झोछेको वाटो, आकाश भैरव मार्ग ( मखन हुदै ) र क्षेत्रपाटीबाट भीड छिचोल्दै आउनुपर्ने बाध्यता छ । भीडमा च्यापिएर हिड्नुको पीडा र दुर्गन्धले स्वास्थमा पुयाएको असरवारे आम पर्यटकहरु बोल्नै चाहदैनन् । यतिसम्मकी अधिकांश पर्यटक हनुमानढोका दरवारक्षेत्र घुम्न जादाको सास्तीकै कारण अन्यन्त्र जानसमेत आनाकानी गर्ने गरेको पर्यटक पथप्रदर्शकहरु बताउँछन ।

के छ हनुमानढोकामा पर्यटकलाई समस्या ?
दुर्गन्धीत र प्रदुषित क्षेत्र हुदै भीडभाड र कोलाहल वातावरण पार गरेर हनुमानढोका दरवार पुग्दा पनि समस्या रहित भने भईसकेका हुदैनन् पर्यटकहरु । त्यहाँ पर्यटकका लागि आराम गर्ने उपयुक्त स्थानको अभाव छ । अर्कातिर सडक वालवालिकाको चरम सास्तीले रनथनिएका पर्यटक त्यतिकै शिथिल मुद्रामा झोक्राउन वाध्य देखिन्छन् । मगन्ते र फुटपाथ व्यापारीहरु अझ हातमा सामान वोकेर विदेशी पर्यटकको अधिपछि गर्नेहरुको लस्करले उनीहरु वढी दिग्दार मानिरहेको हुन्छन् । विश्वसंम्पदा सूचीमा सूचीकृत सो क्षेत्रमा एउटा पनि फोहोर फाल्ने भाडो राखिएको छैन । ध्वनी प्रदुषणको चरम मारमा फास्ने गरेका पर्यटकहरु त्यहा बसेर संम्पदाको अवलोकन गर्न भन्दा पनि चाडै वाहिरिन हतारिने गरेको उत्त सर्वेक्षणले प्रस्ट्याएको छ ।
पर्यटकलाई अवलोकन गराउने र सँग्रहालय प्रवेशमा छुट गराईदिने प्रलोभन सहित दलाली गर्नेहरु पनि पछिल्ला दिनमा पर्यटकको टाउको दुखाई बन्ने थालेका छन् । कतिपय गईड टिकट काउन्टरको व्यक्तिसंग मोलमोलाई गर्ने गरेको भेटिएको सर्वेक्षणमा जनाईएको छ ।
कसले गर्छ व्यवस्थापन किन भएन व्यवस्थित ?
काठमाडौ महानगरपालिका अन्तरर्गत रहेको हनुमानढोका संग्रहालय विकाश समितिले व्यवस्थापन गर्दै आएको सो क्षेत्रको अवलोकन र प्रवेशका लागि एकजना पर्यटकले सातसय पचास रुपैया तिर्नुपर्दछ, तर पर्यटकले भने आफूहरुले तिरेको मुल्यवरावरको सेवा सुविधा र वातावरण नपाएको गुनासो गर्ने गरेका छन् । पानी पर्दा ओतिने ठाउँको अभाव प्रचण्ड गर्मी छदा शितलता महशुस गर्ने स्थानको अभाव शौचालयको प्रवन्ध नहुनु र फोहोर फाल्ने क्षेत्र नहुनु त्यहाँका मुख्य अव्यवस्थाका उपज हुन् । अर्कातीर सडक वालवालिकाको अड्डा र पर्यटकलाई सामान भिडाउने घुमन्ते व्यापारीको व्यवहारबाट पनि पर्यटक वेखुशी हुने गरेका छन् । पैदलमार्ग र सवारी संचालन गरिने मार्ग छेउछाउको दुर्गन्ध पनि पर्यटकका लागि एक प्रकारको रोग नै बनेको छ । विकाश समितिको नाम दिएर हनुमानढोकाको संरक्षण र सम्बद्र्धनका लागि खडा गरिएको तालुकदार अड्डाले संम्पदा क्षेत्रलाई व्यवस्थित र पर्यटनमैत्री तथा प्रविधियुक्त वनाउनतर्फ अग्रसर नभएपछि हनुमानढोका भन्ने वित्तिकै पछिल्ला दिनमा पर्यटकले नाक खुम्चाउने गरेको पर्यटन प्रवर्दनमा जुटेकाहरुले निचोड निकालेका छन । दैनिक सरदर चार पाँचसयको हाराहारीमा हनुमानढोका भित्रिने पर्यटकहरु दोहो¥याएर घुम्न जानै नमान्ने पथप्रदर्शकहरु बताउछन् । पर्यटकहरुको बुझाइमा नेपालका नागरिकहरु र सरकार लिनमात्र जान्दछ दिन जान्दैन भन्ने नकारात्मक प्रचार गर्न पर्यटकहरु लालयित बन्ने गरेको एक पथपर्दशकले बताए । पर्यटकहरुले सोही प्रकारले आफूहरुलाई छेड हान्ने गरेको पथप्रदर्शक बताउछन् ।
अहिले विकाश समितिले पाचवटा काउन्टर राखेर टिकट विक्री गर्दै आएको छ । न्यूरोडगेडबाट जुद्ध शालिकको पछाडी झोछे छिर्नेवाटोमा, मरुगणेश उत्तरतर्फ, मखन महादेव संगै र काष्ठमण्डपमा गरी पाँचवटा स्थानमा काउन्टर राखी पर्यटकलाई हनुमानढोका प्रवेशको टिकट बेच्न वाहेक अरु केही गर्न सकेको छैन् । अर्कातिर काउन्टरमा वस्ने कर्मचारीले पर्यटकलाई कन्भेन्स गर्न नसकेको र ठाडो भाषा वोल्ने गरेको अध्ययन सर्वेक्षणमा उल्लेख छ ।

पर्यटकका दुश्मन को को हुन् ?

धूलो, धूवा र ध्वनी प्रदुषणलाई छल्दै हनुमानढोका पुग्दा नपुग्दै सडक व्यापारीवाट सताइने पर्यटक अलिपर पुग्दा हात पसार्नेवाट प्रताडित हुन्छन् । प्रतिकुल वातावरणका बावजुत अवलोकन सकेर फर्कने वेलामा आफु आफै तितरवितर हुने गरेको छन् । कतिपय पर्यटक त भीडमा घण्टौ हराउने गर्दछन् । अर्कातिर ट्याक्सीले पर्यटकलाई मनोमानी भाडा लिने रोग त छदैछ । पर्यटक हारदिक्क भएर डाईभरसंग भनाभन गर्न पनि पछि पर्दैनन् । कोलाहाल र चिच्याटलाग्दो वातावरणका वावजुत विश्वसम्पदा सूचीको भ्रमण अवलोकनमा जुटेका पर्यटकहरुलाई राम्रा र सभ्यताका कुराले भन्दा पनि नराम्रा र मानवीय सम्वेदना भन्दा टाढाका कु्राले वढी आकर्षित र मन खिच्ने गरेको सर्वेक्षणले औल्याएको छ । केही केही पर्यटक लगेज सहित घुम्न जान्छन् तर त्यहा लगेज राख्ने व्यवस्था छैन । त्यतै मुद्रा साटही काउन्टर नजिकै नहुनु पनि पर्यटकका लागि दरवारक्षेत्र भ्रमण घाडो भएझै भएको छ । प्रविधिको विकासको चरम प्रयोगबाट दिक्षीत पर्यटकहरु परमपरागत प्रनाली देखेर आश्चर्यमा पर्ने गरेको पथप्रदर्शकहरुनै बताउछन् । हनुमानढोकामा पुरानो दरको कमसल टिकटको विक्री वितरण हुदै आएको छ । त्यसले कति पर्यटक हनुमानढोका भित्रिए भन्ने यकिन गर्ने नसकिने स्वयं कर्मचारीहरुको भनाई छ ।

कहिले होला व्यवस्थित ? कसले गर्ला ?
केही हप्ता अघि सार्वजनिक गरिएको सर्वेक्षण अनुसार हनुमानढोका दरवारको भ्रमणमा चीनिया पर्यटकहरु अत्याधिक आए । युरोपियन मुलुकका र अमेरिकी पर्यटकहरु पनि ठूलै संख्यामा हनुमानढोकाको अवलोकनमा पुगेका छन । तर सम्बन्धित देशका पर्यटक अनुकुलको वातावरण नभएका कारण अधिकांश पर्यटकहरु ‘ हिस्स बुढी हरिया दाँत ’ भने झै गरि फर्कनु प¥यो। महानगरपालिकाले एघारसय मासिक लिएर पर्यटक गाडी पार्किङ्गका लागि छुट्याएको ठाँउमा ट्राफिक प्रहरीले ‘ नो पार्किङ्ग ’ लेखेको पोष्टर टाँसेको छ । यसलाई पर्यटकले अनौठो मान्ने गरेको पथप्रर्दशक बताउछन् ।
अव्यवस्था र दिग्दारिलो तवरले घुम्नु पर्ने वाध्यता झेल्दै आएका पर्यटकको हितअनुकुल काम गर्न र गराउन सम्मानित सर्वोच्च अदालतको निर्देशनात्मक आदेश पछि काठमाडौ महानगरपालिकाले साइडवाकर्स ट्रडर्स प्रा.लि. संग एकद्व्रार टिकट प्रणाली अन्तरगत गत चैत ५ गते सझौता गरेको थियो । उक्त सम्झौतामा हनुमानढोका वसन्तपुर क्षेत्रको संरक्षण र सम्वद्र्धनका लागि ईटिकेटिङ्ग प्रणालीमार्फत टिकट लागु गर्ने र आफ्नै लगानीमा त्यसक्षेत्रको आमुल परिवर्तन गर्ने उल्लेख छ ।
के हो साइडवाकर्स ?
सार्वजनिक निजी साझेदारी कार्यक्रम अन्तरगत धरहरा संरक्षणको जिम्मेवारी सम्हाल्दै आएको साइडवाकर्सले अव्यवस्थीत रुपमा झाडिको वीचमा रहेको, सार्वजनिक शौचालयमा परिणत भइसकेको धरहराको अहिलेको हराभरा परिणत गरेको हो । हो, त्यहि सम्पदाको संरक्षणमा होमिएको साइडवाकर्ससंगै महानगरले वसन्तपुरको सम्पदा संरक्षण र सम्वद्र्धन गर्न लागेको काममा सहयोग पुयाउन मात्र लागेकोले यो संझोतामा हनुमाढोका दरबार क्षेत्रको व्यवस्थापन आधूनिक तरिकाले गर्ने कुरामा काठमाडौं महानगरपालिकालाई प्राबिधिक सहयोग पु¥याई क्षमता विकास गर्ने काममा मात्र साईडवाकर्स ट्रेडर्स प्रा.लि. को भूमिका रहेको ठहर्छ । सम्पदाको किनवेच भएको भ्रम मात्र फैलाएको रहेछ । केही पथप्रदर्शकका अनुसार सम्पदा विक्रि गरेको भनेर प्रचार गर्न टाँसिएका पम्पलेट तुल व्यानर प्रति पर्यटकले उत्सुकता राखेको र त्यस सम्बन्धी जानकारी दिदा पर्यटक नै आश्चर्यमा पर्ने गरेको पथप्रर्दशकहरुले बताएका छन् । विश्वसंम्पदा सूचीमा सूचीकृत हनुमानढोकाको काँचूली फेर्न गुरुयोजना सहित होमिएको काठमाडौं नगरपालिका र साइडवाकर्स विचभएको संझौता भए बमोजिम काम गर्न दिनुपर्नेमा सवैले मतैक्यता जनाएका छन् ।

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतका कुल आचार्यद्वारा गृह जिल्लावाटै एनआरएनएको अध्यक्ष पदमा उमेदवारी घोषणा

दोहोरी गीत प्रतिष्ठान पर्वतको सम्मान तथा साधारण सभा सम्पन्न

म्याग्दीका गाउँगाउँमा ‘सेतो पुतली झुस’: आँखाको ज्योति गुमाउँदै स्थानीय, कसरी हुन्छ सङ्क्रमण ?

अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन परियार

मेक्सिको जान लागेका १८ नेपाली जर्मनीको विमानस्थलमा समातिए