‘बर्बाद’लाई एडल्ट सटिफिर्केट

काठमाडौ  –

पछिल्लो समय चलचित्र सेन्सर बोर्डले उत्तेजक दृश्य समावेश गरिएका चलचित्र माथी कैची चलाइरहेको छ । गत वर्ष प्रदर्शनमा आउने भनिएको चलचित्र ‘बर्बाद’ सेन्सर बोर्डको कैचीको शिकार भएपछि अलमलमा परेको थियो । नायिका जीया केसीको उत्तेजक दृश्यका कारण सेन्सरले ‘बर्बाद’लाई पास गर्न सकेको थिएन । तर लामो समय पछि चलचित्र ‘बर्बाद’लाई सेन्सर बोर्डले एडल्ट सटिफिर्केट दिदै पास गरेको छ । अब यो सिनेमा हेर्नका लागि दर्शक १६ वर्ष भन्दा माथीको उमेरको हुनुपर्नेछ । चलचित्र सेन्सर बोर्डले बर्बादलाई करिब १९ पटक पास गर्न नसक्ने भन्दै फर्काएको थियो । तर निर्माण पक्षले लामो समयको कसरत पश्चात आङ्खनो लगानीलाई हलसम्म पुयाउन पाएको छ । रीम विश्वकर्माको निदर्शेनमा तयार भएको यो चलचित्रलाई जीके शर्माले निर्माण गरेका हुन् । निर्माता शर्माले सेन्सर बोर्डले सिनेमामा समावेश के कस्ता दृश्य काट्यो भन्ने विसयमा केही बोल्न चाहेका छैनन् । ‘बर्बाद’लाई सेन्सरको सुरुवातमा अधिकांश दृश्य काटेर ल्याउन भनिएकाले पनि दर्शकले हलसम्म पुगेर कस्तो सिनेमा हनेपाउछन  भन्ने अडक्ल काटन् थालिएको छ । तर यसको निर्माण पक्षका लागि भने सिनेमा सेन्सर बोर्डबाट  पास हुनु फलामको चिउरा चपाउनु सरह भएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’