चुनावः विदेशीएका मतदाता र राजनीतिक प्रभाव

नरेन्द्रजंग पिटर-
देशलाई अहिले क्रमशः चुनाव लाग्दैछ । चुनावलाई युगीन राष्ट्रियहितमा कसरी प्रयोग गर्ने भन्ने कुरा अहिलेको अहम् प्रश्न र चुनौति हो । मतदाताको ठुलो संख्या देश बाहिर छ । के मधेस, के पहाड, के महिला, के पुरुष विदेशमा रहेको त्यो संख्या कूल मतदाताको झण्डै एक तिहाई हो । अझ त्यसमा युवा, बलियाबाङ्गा, साक्षर, शिक्षित, बौद्धिक र राजनीतिक सचेतहरुकै संख्या ज्यादा छ । संसारैभरी फैलिएका भएपनि भारत, खाडी मुलुक, मलेसिया, दक्षिण कोरियाजस्ता देशमा श्रमिकको वाहुल्यता छ भने पश्चिम युरोप, अस्टे«लिया, जापान, क्यानाडा र संयुक्त राज्य अमेरिकामा ब्लु र ह्वाइट दुबै प्रकारका श्रमजीवी नेपाली र एनआरएन रहेका छन् । दोस्रो विश्व युद्धपूर्वसम्म प्रवासीनेहरु या त भारतीय सस्तो श्रम बजारका लाहुरे र कलकत्ते हुन्थे या त भारतीय र ब्रिटिस सेनामा कार्यरत गोर्खा रेजिमेण्टका सिपाही । अहिले बाहिरिने सबैमा पुरानै लाहुरे चलन र मानसिकता भने छैन । कतिपयले नेपाली नागरिकता त्यागेर त्यहीँका आवासीय नागरिक बनेपनि धेरैको बिदेशी बन्ने चाहाना पनि छैन । दुबै प्रकारका नेपालीमा भने १८ घण्टा श्रम गरेपनि फुर्सदको क्षणमा राष्ट्रियताप्रति जागरुकता, माटो र जातीय सम्वेदनात्मक सम्बन्ध र जन्मथलोप्रतिको माया र कर्तव्यवोध भने देखिन्छ । अझ स्वदेशमा रहँदा नभएको जागरुकता विदेश पुगेपछि पलाएको, लगाव भएको, पहिचानको खोजी भएको र केही गरौँ र गर्नु पर्छ भन्ने भाव र सक्रियता बढेको पनि देखिन्छ । अवसरको खोजी र क्षमताको प्रदर्शन गर्न गएकाहरु नै अहिले देशको अवस्थाबारे बाहिरबाट ज्यादै चिन्तत देखिन्छन् । केही गरौं र गर्नु पर्छ भनेर आतुर पनि छन् । मिडिया र प्रविधिको विकाससँगै हरपल देशको विकसित घटनाक्रमसँग जोडिन्छन् । विभिन्न मिडिया त्यसमा पनि सामाजिक सञ्जालहरुबाट आफनो भावना र उपस्थिति जनाई रहेका छन् । तत देशको सामाजिक, सांस्किृतिक अनुकुलता हेरेर राजनीति र सामाजिक संगठन मार्फत विकसित राजनीतिक घटनाक्रमसँग जोडिएका छन् । प्रमुख राजनीतिक दलका शाखाहरु नेपाली बढी घनत्व भएका देश र सहरमा रहेका पनि छन् । आसन्न चुनावमा त्यत्रो सचेत मतदातालाई कसरी सहभागी बनाउने भन्ने विषय भने न त निर्वाचन आयोग न त राजनीतिक पार्टी न एनआरएन न विदेशमा सक्रिय रहेका संघ,सस्था र संगठनहरुको एजेण्डामा रहेको छ ।
कुरा गरौँ आसन्न चुनावकै । अहिलेको हुन गइरहेको संविधानसभाको दोस्रो चुनाव भनेको सनातनकै चुनाव भन्दा रुप र गुणमै भिन्न चुनाव हो । यसले शान्तिको व्यवस्थापन र द्वन्द्वको निकास दिनु पर्ने हुन्छ । इतिहासमा भएका संर्घष, विद्रोह, आन्दोलन, द्वन्द्व र युद्धले जन्माएका महत्वकांक्षा र युगीन सन्देशलाई वैधानिकता दिनुपर्ने हुन्छ । जनयुद्ध, जनआन्दोलन, मधेस बिद्रोह, जातीय र क्षेत्रिय मनोभाव एवं पहिचानको सुनिश्चितता गर्नुपर्ने हुन्छ ।
हरेक राष्ट्र सामने आप्mना समयका तत्कालिन र दीर्घकालिन एजेण्डा हुन्छन् । त्यही एजेण्डाका वरिपरी तत्कालिन राजनीति, सांस्कृतिक, आर्थिक, वौद्धिक र मिडिया गतिविधी रिगिँरहेका हुन्छन् । विदेशीने नेपाली पनि त्यसबाट अछुतो हुँदैन । भावना पनि त्यसैमा खेलिरहेको र खेलाइरहेको हुन्छ । ती क्रिया र प्रतिक्रिया दुबैमा देखिन्छन् । संवेदनशील भूउपस्थिति, सत्ता चरित्रको आमूल परिवर्तनको चरम संक्रमणकाल, वर्गहरुको तीब्र तर मौन टकराहट, शक्ति सन्तुलनको तरलता, अन्यौल र भ्रमको चरम उत्कर्ष भईरहेको यो अवस्थामा नेपाली राष्ट्रिय एजेण्डा भनेकै दोस्रो संविधानसभाको चुनाव हो । त्यसैले विभिन्न कारणले विदेशीएको मतदाताको ठुलो संख्या यसबाट भौतिकरुपमा टाढा भएपनि मानसिक रुपबाट टाढिन सक्दैन । त्यसलाई कसरी सहभागी गराउने भन्ने चुनौति सत्ता र राजनीतिक दल सामने रहेको छ । त्यत्रो मतदाताको सहभागिताबिनाको प्रजातान्त्रिक अभ्यासले जनमतको पूर्णप्रतिनिधित्व त गर्न सक्छ ? अथवा त्यो मतदाताले निर्वाचित प्रतिनिधीद्वारा उनीहरुको सोचको स्वामित्व लिन, प्रतिनिधित्व गर्न सक्छन् भन्ने पनि प्रश्न उब्जन्छ ।
संसारमै चुनाव भएका छन् र चुनावका नाटक पनि भएका छन् । चुनावले उपलब्धिको वैधानिक संस्थागत गरेका छन्, मेटाएका पनि छन् । झण्डै डेढसय राजनीतिक दल चुनावी मैदानमा सक्रिय छन् । अधिकांशको विगतको भूमिका र आगतको लक्षको कुनै बहिखाता छैन भने कुनै विचार नै छ भने पनि त्यसको मूल्य भूक्तानको जानकारी लोकले थाहा पाएको छैन । स्वीकार वा बहिस्कारमा उत्रिएका त्यस्ता दल र नेतृत्वसँग तब प्रश्न उठछ– किन आप्mना विचार नजिकसँग नजोडिई नाममा मात्र अस्तित्व धान्नु प¥यो ? किन यस्ता किनारामा आफना नाम चढाउनु प¥यो भनेर । पहिचानको खोजीमा होस् वा दायित्व निभाउन, राजनीतिक ब्यवसाय सञ्चालन गर्न होस् वा प्रायोजित हुन्, ती सबै चुनावको स्वीकार, अस्वीकार, सुधारसहितको सहभागिता अथवा इज्जतसाथ बहिस्कार गर्ने जे भनिएता पनि सबै शक्ति र पक्ष अहिले चुनाव केन्द्रित एजेण्डाकै वरीपरी रिँगिरहेका छन् । हरेक प्रकारका आन्दोलनले विधीमा टेकेर विधी भत्काउँदै विधी निर्माण गर्नेुपर्ने हुन्छ । जव त्यसमा चुकिन्छ तव अराजकताको भुमरीमा देश फस्छ । त्यस्तोबेला देश या त गृहयुद्धमा फस्छ या विदेशी शक्तिको प्रत्यक्ष उपस्थिति ब्यहोर्छ । अझ हाम्रोजस्तो संवेदनशील भूराजनीतिक अवस्थामा त्यसको मुल्य चानचुने हुँदैन । राजनीतिले पैदा गरेको शुन्यतालाई भर्न कुनै न कुनै शक्ति आइहाल्छ, जोखना हेरेर कोही बस्दैन । त्यसै अहिलेको चुनाव रुप र गुण दुबैले गर्दा महत्वपूर्ण हो ।
फेरी प्रश्न उठछ, सत्ता र राजनीतिको । जहाँसुकै र जहिले पनि सनातनी सत्ता आमुल परिवर्तन चाँहदैन् । अर्कातर्फ परिवर्तनका सोच, सपना र सकृयता पनि यथास्थितिमा कहिल्यै रहन सक्दैन् । तब द्वन्द्व सुरु हुन्छ । द्वन्द्वको सकरात्मक व्यबस्थापन हँन नसके अनेकौँ स्वार्थको घुसपैठ हुन्छ । एउटा कोर्सले अर्को चरण थालनी गर्ने वित्तिकै कोर्सको वैधानिकीकरण र दस्तावेजीकरण गर्न ढिलाइ गर्नुको अर्थ पराजित शक्तिलाई चलखेल गर्ने अवसर दिनु हो । समय घर्काउनु नै परिवर्तनका वाहकको दुरदृष्टि नभएको मान्न सकिन्छ । त्यसैले चुनावलाई हेर्दा यो कुनै पार्टीले जित्ने कि एजेण्डाले भन्ने कुरा अहिलेको मुख्य विषय हो । तर परिवर्तनका विरोधी भने द्वन्द्वमा रमाउँछन् र त्यसैलाई उद्यम सोच्छन् । उनीहरु कलामय तरिकाले भावनामा खेल्छन् । कुण्ठाग्रसित शक्ति, प्रायोजित शक्ति र प्रतिकृयावादी एवं पराजित शक्तिको घालमेल भएर सिण्डिकेट तयार हुन्छ । त्यहाँ अन्धजातीवाद, अन्धराष्ट्रवाद, उग्रधार्मिक पक्षको गठजोड भएर परिवर्तनका एजेण्डामाथि प्रहार गर्छन् । त्यस्तै देखिएको छ अहिले । संघात्मक, लोकतान्त्रिक धर्मनिरपेक्ष गणतन्त्रका विपक्षमा सक्रिय हुँदैछन् । राजनीतिबाट निराश बन्दै गएको जनमत र आर्दशमात्रै सोच्ने भावुक पक्षलाई प्रभावित पार्ने प्रयास पनि त्यतिकै भएको देखिन्छ । तर आसन्न चुनावले नै राजनीतिक शुन्यता भर्ने छ र नयाँ कोर्सको थालनी गरेर राजनीतिक भुमरीमा फँसेर अकल्पनीय दुर्घटनाको सामना गर्नुपर्ने सम्भावना रहेको देशलाई निकास दिने छ ।
स्वदेशमा रहेर होस् या विदेशमा…….रुप र भूमिकामा को, कहाँ, कसरी, किन सक्रिय देखिएको छ भन्दा पनि कुन विषयमा केन्द्रित हुँदैछ र एक्टरहरु आप्mना भूमिका कसरी निभाइरहेका छन भन्ने अहिले देशको लागि महत्वपूर्ण सवाल हो । जहिले पनि कस्को उद्देश्यमा कति पवित्रता छ भनेर परिणामलाई वास्ता हुँदैन । परिणाम कर्ताको भावना र स्वैरकल्पनामा मात्र निर्भर हुँदैन । आर्दश फलाकिन सकिन्छ र त्यो आवेग भर्ने औजार हो कि तत्कालिन राष्ट्रिय एजेण्डासँग तालमेल गरिएको वस्तुवादी एजेण्डा हो भनेर हरपल ख्याल गरिनु पर्दछ । जो सुकैका सामने जहिलेसुकै जिम्वेवारी विहिन आर्दश प्रलाप हैन, चुनौतिको कलामय सामना समयको माग हुने गर्दछ ।
अहिले जुन उद्देश्यले शक्ति र स्वार्थ सक्रिय देखिएता पनि सतहमा केन्द्रित एजेण्डा भनेको चुनाव नै हो । यहाँ दलका चुनाव केन्द्रित अभियान बनेर स्वत्वको खटपट, चिन्तनको भिडन्त, वर्गहरुको टकराहटहरु क्रमशः गाउँ पसिरहेका छन् । कतिपय प्रायोजक भने सतहमा देखिएका छैनन्, मूल कुरालाई कसरी ओझेल पार्ने र निमित्त तर्कलाई कसरी उछाल्नेमा नै केन्द्रित छन् । कयौ अस्तित्वका लडाईँ पनि भिड्दैछन् । जनयुद्ध र जनआन्दोलनको उपलब्धी संस्थागत गर्ने वा ध्वस्त गर्ने अभियान पनि त्यतिकै तिब्रतामा भइरहेको छ । जानेर वा नजानेर, प्रत्यक्ष वा परोक्ष, भावनामा बगेर वा तितो यर्थात सामना गरेर जे होस् यि दुबै सक्रियता र ध्रुवीकरण उग्रदक्षिणपन्थ र प्रगतिशील शक्तिबीच केन्द्रित हुँदैछ । त्यसैको छिद्रमा खेल्ने पुराना शक्तिका हरकत पनि भावनाको चर खोजिरहेको छ । कतै राजनीतिक शुन्यता पार्न सकिन्छ कि भन्ने कुटखेल पनि त्यतिकै चलेको छ । रुप र भूमिकामा जे जस्तो देखिएता पनि परिणाममा भने यसैमा विभाजीत नेपाली जनमत विविध कारणले गर्दा आमने सामने भएका छन् ।
हरेक आन्दोलनले सपना, महत्वकांक्षा बढाए जस्तै दुई दशकको भीषण वर्ग टकराहटले नेपाली समाजमा ह्वात्त जनअपेक्षा बढाइदियो । बिद्रोहको सामाजिक अस्तव्यस्तता बीचबाटै नयाँ अवस्था पैदा भए । तर, त्यसलाई बुभ्mने, ग्रहण गर्ने, हल गर्ने र व्यवस्थापन गर्ने राजनीतिक उदासिनताको परिणाम संक्रमणकाल लम्बियो । त्यही अन्यौलतामा शक्ति र स्वार्थहरुको चलखेल बढे । पराजित शक्तिहरु संक्रमणकाल लम्याउन चाहान्थे, परिवर्तनको आवेग ठण्डा पार्ने, परिवर्तनकारीबीच नै भिडन्त गराउन समय कुरिरहेका थिए । त्यसैवेला वाह्य शक्तिहरुले पनि स्पेस खोज्न थाले, नाच्नेलाई नचाउन थाले । दायित्व निर्वाह नगरी राष्ट्रिय राजनीतिको सरोकारमा पुगेकाहरु नितान्त स्वार्थमा रमिन थालेपछि भने मूल्यले पैदा गरेका नायकले आप्mनै ओजन या त थाहा पाएनन् या थेग्न सकेनन् । तब आमजनतामा अविश्वास बढन गयो र त्यसैमा टेकेर जनमतलाई भावनामा बगाउँदै उपलब्धी संस्थागत हुन नदिने वा परिवर्तनको ओजन, मर्म र सन्देश न्यून गराउने खेल सुरु भयो । अहिले भावनामा बग्दा वा आफनै एजेण्डामा मात्र समय हाँकिनु पर्दछ भन्दा कतिपय आर्दशवादी शक्ति पनि अप्रत्यक्ष उनीहरुको सहयोगी बन्ने परिणामले संकेत गर्दै छ ।
चुनाव त शान्तिपूर्ण टकराहटको चरमखेल हो । विवेक गुमाएर आवेग कसरी पैदा गराउन सकिन्छ भनेर अन्तराष्ट्रिय अनुभवको यहाँ अभ्यास हुँदै छ नै । आपूm नभए अरु पनि किन हुन दिने भन्ने नेपाली सामाजिक रोग त छ पनि । अर्को सामान्ती संस्कृति भनेकै टुट्न सक्ने तर झुक्न नसक्ने पीडा समकालिन राजनीतिमा पनपिरहेकै छ । अर्को शक्ति भय दोहनमा लागेको छ ।
माथि नै भनिसकियो, राजनीतिक शुन्यता कहीँ कहिले पनि हुँदैन, त्यसलाई भर्ने शक्तिको उपस्थिति भई हाल्छ । चाहे त्यो राम्रो वा नराम्रो जे होस् । त्यो हाम्रो चाहाना र आदर्श अपेक्षामा भर पर्दैन । त्यसैले आउँदो चुनाव परिवर्तनको रुप र गुणलाई वैधानिकीकरण गर्ने राष्ट्रिय एजेण्डा बन्न सक्नु पर्दछ । त्यो नेपाली सोच र नेतृत्वमै भएमात्र आमुल परिवर्तनको मर्म, सन्देश र युगिन दायित्व पुरा हुन सक्छ नत्र भने भयावह र अकल्पनिय अवस्था सामना गर्नुपर्ने हुन्छ । त्यसैले पार्टीले जित्ने भन्दा पनि एजेण्डाले जितेमात्र परिवर्तन सार्थक हुन्छ र आपसमा भिडाएर देशलाई गृहयुद्धमा फेर्ने कोशिस निस्तेज गर्न सकिए जनतन्त्र, धर्मनिरपेक्ष, संघात्मक शासन व्यवस्था र गणतन्त्र हामै्र पहलमा व्यवस्थित गर्न सकिन्छ । अल्छी बन्दै गएको नेपाली समाजमा हुर्केर विभिन्न कारणले विदेशिएका मतदाता सामु रहेको अहिलेको महत्वपूर्ण पक्ष भनेको कसरी यस चुनावमा आफनो मतदर्ज गराउने सहभागी हुने, राजनीतिक प्रकृयामा सामेल हुने भन्ने नै हो । त्यसको लागि नेपाली राजनीतिक दल, मिडियामा विदेशमा रहेका संघसंस्था, एनआरएनले दवाव सिर्जना गर्नुपर्ने हुन्छ । जुनसुकै राजनीति वा निर्णयस्थलमा सहभागिता विनाको स्वामित्व पाउन सकिँदैन भन्ने कुरा सरोकारवालाले हेक्का राख्नु पर्छ भने एक तिहाई मतदाता सहभागिता जनाउन नसकेको चुनावको वैधतामाथि पनि प्रश्न उठने भएकोले त्यसलाई कसरी सहभागिता अवसर प्रदान गर्ने निर्वाचन आयोग र राजनीतिक दल सामनेका चुनौति हुन् । यि सवै विषयमा समयमै हेक्का भया ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतको राम्जामा एमालेको वडा कमिटी सर्वसम्मत चयन, उपसचिबमा २० बर्षिया गौतम

जलजलामा मोबाइल ‘एप्स’मार्फत कर तिर्न सकिने

पर्वतमा बन्यो बिश्वकै अग्लो ‘हाइड्रोलिक स्विङ’, छिट्टै सञ्चालनमा आउने

वागमती प्रदेश : मुख्यमन्त्रीसहित चार जनाले आज शपथ लिंदै, को–को बन्दै छन् मन्त्री ?

एमाले बागलुङ नगरको अध्यक्षमा परियार र बेनीको अध्यक्षमा जिसी , कुस्माको अधिबेशन आज