शाहरुख खानसँग नेपाली महिला फुटबल टोलीको भलाकुसारी

२ असोज, काठमाण्डौ । साफ च्याम्पियनसीप फुटबलमा दोश्रो स्थान प्राप्त गर्न सफल नेपाली महिला फुटबल टोलीले बलिउड अभिनेता शाहरुख खानसँग भेटघाट गरेको छ ।

श्रीलंकाको कोलम्बोबाट नयाँ दिल्ली हुँदै नेपाल फर्किने क्रममा दिल्लीको इन्दिरा गान्धी विमानस्थलमा महिला टोली र शाहरुख बीच भेट भएको हो । विमानस्थलमा ट्रान्जिटमा रहेको नेपाली टोलीले संयोगवस शाहरुखसँग भेट गर्न सफल भयो । त्यस क्रममा शाहरुखले नेपाली महिला टोलीलाई शुभकामना दिए ।

शाहरुखलाई विमानस्थलमा देख्ने वित्तिकै नेपाली महिला खेलाडिहरु चिच्याउन थाले । त्यसपछि शाहरुख एक छिन रोकिएर महिला खेलाडीसँग भेट गरी केही तस्वीर समेत खिचे । नेपाली महिला फुटबल खेलाडिहरुले शाहरुख सँग भेट गर्न पाउँदा खुसी लागेको बताए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कुश्मा नगरका ३० जना मेलमिलापकर्तालाई एक हप्ते मेलमिलाप सम्बन्धि तालिम

टि.यु.भी सर्टिफिकेट पाएपछी बन्दीपुर केवलकार कमर्शियल अपरेसनमा ल्याउने

किर्तीमानी आरोही बुढा मगरलाई सम्मान, आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रुसको चाँसो,बिस्तृत प्रतिबेदन माग

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा